काठमाडौं ।
एसीसी यु-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमी मैदानमा भएको खेलमा जितका लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७ ओभर १ बलमा विना विकेट पूरा गरेको थियो ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २२ ओभर १ बलमा अलआउट हुँदै ५२ रन बनाएको थियो । नेपालका कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??