spot_img
spot_img
spot_img

ह्वाट्सएपमा आयो भ्वाइस म्यासेज सुन्ने बित्तिकै डिलिट हुने फिचर

spot_img

काठमाडौं ।

एपलाई राम्रो बनाउन म्यासेजिङ एप ह्वाट्सएपले लगातार नयाँ नयाँ फिचर ल्याइरहेको छ । एपले हालै मात्र आफ्नो प्लेटफर्ममा अर्को विशेष फिचर ल्याएको छः भ्वाइस म्यासेज भ्यू वन्स । भ्यु वन्स फिचर एपमा पहिला पनि थियो । सन् २०२१ मा फोटो र भिडियोको लागि यो फिचर ल्याइएको थियो ।

अब भने भ्वाइस म्यासेजमा पनि यो सुविधा आएको छ । अर्थात् तपाईँले एक पटक सुन्ने बित्तिकै भ्वाइस म्यासेज आफैँ डिलिट हुनेछ । भ्वाइस म्यासेजलाई थप ‘प्राइभेट’ बनाउन यो फिचर थपिएको हो । भ्यु वन्स भ्वाइस म्यासेजमा हरियो रंगको लोगो हुनेछ । तपाईँले एक पटक भ्यु वन्स म्यासेज खोलिसक्नु भएको छ भने म्यासेज स्वतः डिलिट हुन्छ । फेरि सुन्न सकिन्न । यस्तो म्यासेजलाई अरुलाई फर्वार्ड गर्न पनि मिल्दैन ।

अरु त अरु पठाउनेले पनि यसलाई अरुलाई पठाउन सक्ने छैनन् । पठाउनै पर्‍यो भने प्रेषकले म्यासेजलाई दोहोर्याएर रेकर्ड गरेर शेयर गर्नु पर्नेछ । ह्वाट्स एपले भ्वाइस भ्यासेजलाई भ्यू वन्सको लिमिटमा सेट गरिदिएको छ ।

कम्पनीको आधिकारिक ब्लग पोष्टका अनुसार भ्यु वन्सको रुपमा पठाइएको भ्वाइस म्यासेज पठाइएको १४ दिनसम्म मात्रै उपलब्ध हुनेछ । त्यसपछि यो डिलिट हुनेछ। सेन्डरले पनि भ्वाइस म्यासेजलाई पठाएपछि सुन्न सक्दैन । तर, पठाउनु अघि प्रिभ्यु गर्ने अप्शन चाँहि हुन्छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img