बुटवल ।
लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । महिला कर्मचारीलाई प्रसुति विदा दिदै आएकोमा अब फेरि महिनावारी बिदा पनि थपिएको हो । प्रदेश सभाबाट पारित भइ गएको मंसिर २१ गते प्रमाणीकरण भएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको हो ।
महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिएअनुसार हुनेछ । सरकारले नियमावली बनाएर पारित गरेपछि बिदा लागू हुनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??