spot_img
spot_img
spot_img

जनकपुरधाममा अन्नबाट  सीतारामको प्रतिमा निर्माण

spot_img

काठमाडौं ।

जनकपुरधाममा अन्नबाट  सीतारामको प्रतिमा निर्माण गरिएको छ । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको अवसरमा अन्नबाट निर्माण गरिएको सीतारामको प्रतिमाले झनै रौनकता बढाएको छ ।

विश्व रेकर्ड स्थापित गर्ने उद्देश्यले जनकपुरधामस्थित रंगभूमि मैदान १२ बिघामा निर्माण गरिएको ११ हजार ११ स्क्वायर फिटको सो प्रतिमालाई शनिवारबाट सर्वसाधारणको अवलोकनको लागि समेत खुल्ला गरिएको छ ।

यो प्रतिमाको निर्माण ११ पटक अन्नकै प्रतिमा बनाएर विश्व रेकर्ड बनाउनु भएका भारतको मध्यप्रदेशका सतिश गुर्जरले गर्नुभएको छ । यो प्रतिमा निर्माण गरेर अन्नको दुरुपयोग गरिएको भन्दै आलोचना भइरहेको समयमा प्रतिमा निर्माणमा प्रयोग गरिएको अन्न खेर नजाने प्रतिमा निर्माण समितिले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img