spot_img
spot_img
spot_img

नारायणगढ-मुग्लिन सडक पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने

spot_img

नारायणगढ ।

नारायणगढ-मुग्लिन सडक खण्ड पुस ७ गतेदेखि तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि ७ गतेदेखि २१ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार हिजो चितवन, धादिङ र गोरखाबीच भएको समन्वय समिति बैठकमा तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको हो ।

चितवनका अघिल्लो वर्ष पनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो वर्ष पनि आउँदो शनिवारदेखि तीन हप्ता दैनिक ४ घण्टा सडक बन्द गरेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img