spot_img
spot_img
spot_img

जनकपुरधाममा २१ जोडिको निशुल्क सामुहिक विवाह सम्पन्न

spot_img

जनकपुर ।

जनकपुरधाममा २१ जोडी वरवधुको निःशुल्क विवाह भएको छ । विश्व हिन्दु परिषद्ले ती जोडिको निशुल्क विवाह गरिदिएको हो । परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा सामुहिक विवाहको कार्यक्रम आयोजना गरिएको हो ।

भगवान श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामुहिक निःशुल्क विवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

सामुहिक शुभ विवाहका लागि लगन आवश्यक नहुने हुँदा शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ । विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोते सहितका सबै सामग्रीहरू परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको छ । विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन परिषद्ले नै गरेको थियो ।

यसैबीच जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको श्री सीताराम स्वयम्बरको विश्वकै ठूलो आकृति बनाएका भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जर पनि सोही सामुहिक विवाह कार्यक्रममा स्वयम्वर गरेका छन् । जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गरेका हुन् ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img