काठमाण्डौ ।
शेयर बजार परिसुचक नेप्सेमा ३५ अंकले वृद्धि भएर २१ सय ४१ अंकमा बन्द भएको छ । आज कारोबारमा आएका १ सय ६१ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा ७८ कम्पनीको घटेको छ भने नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
३०६ कम्पनीको १ करोड १९ लाख कित्ता शेयरको ७ अर्ब माथिमा खरीदबिक्री भएको छ । बुधबार उत्पादन तथा प्रशोधन उपसमूहको सर्वाधिक ७ प्रतिशतले वृद्धि भएकोछ भने लगानी र व्यापार उपसमूहको ६ प्रतिशतले वृद्धि हुँदा जलविद्युत उपसमूहको १ प्रतिशतले वृद्धि भएको छ । आज होटल तथा टुरिजमको १ प्रतिशत र निर्जीवन बीमा कम्पनी उपसमूहको सामान्य अंकले घटेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??