spot_img
spot_img
spot_img

रश्मिका मन्दनाको डिपफेक भिडियो प्रकरणमा ४ जनासँग सोधपुछ

spot_img

एजेन्सी ।

भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियो मामिलामा दिल्ली प्रहरीले ४ जनासँग सोधपुछ गरेको छ। केही समय अघि अभिनेत्रीको डिफफेक भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यस मामिलामा दिल्ली प्रहरीले कारवाही अगाडि बढाएको छ । यस क्रममा ४ जना संदिग्धसँग सोधपुछ गरिएको छ । यीमध्ये ३ जनाको जानकारी फेसबुकको मातृ कम्पनी मेटासँग लिइएको बताइएको छ ।

तीन जनाको पत्ता मेटाले दिएको डिटेलका आधारमा लगाइएको थियो । एक जनाको पहिचान चाँहि लेटरल लिंकको आधारमा खुलेको बताइएको छ । आरोपीहरुले आफ्नो खाताबाट डिटेल हटाइदिएकोले छानबिनमा केही समय अवरोध आएको थियो । यही वर्ष नोभेम्बरमा रश्मिकाको एउटा मफ्र्ड भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो क्लिपमा रश्मिका जस्तै देखिने एक युवति लिफ्टभित्र गइरहेको देखाइएको थियो।

तर भिडियोलाई नियालेर हेर्दा नै यो डिपफेक हो भन्ने थाहा हुन्थ्यो । माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा अमिताभ बच्चनले यस घटनामा कारवाहीको माग गरेपछि सबैको ध्यान यस मामिलामा गएको थियो । पछि नानी, विजय देवरकोन्डा, नागा चैतन्य र मृणाल ठाकुर जस्ता चर्चित हस्तीहरुले पनि भाइरल भिडियोप्रति चिन्ता व्यक्त गरेका थिए । रश्मिका पछि काजल, कट्रिना कैफ र आलिया भट्टको समेत डिपफेक भिडियो र तस्वीर भाइरल बनेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img