spot_img
spot_img
spot_img

वैज्ञानिकहरुले पृथ्वीभन्दा १ करोड ९० लाख माइल परबाट भिडियोको प्रसारण गरे!

spot_img

एजेन्सी ।

वैज्ञानिकहरुले अन्तरिक्षको अहिलेसम्मकै टाढाको दूरीबाट भिडियो प्रसारण गरेका छन् । पृथ्वीभन्दा झन्डै १ करोड ९० लाख माइल परबाट ट्याटर्स नाम गरेको एउटा बिरालोको भिडियो प्रसारण गरिएको थियो ।

प्रसारित भिडियोको गुणस्तर हेर्न भनेर क्यालिफोनिर्याको पासादेनास्थित जेट प्रोपल्सन ल्याबमा अमेरिकी अन्तरिक्ष अन्वेषण संस्था नासाका इञ्जिनियरहरूको घुइँचो लागेको थियो । चन्द्रमा भन्दा ८० गुणा परको दूरीबाट प्रसारण गरिएको सो भिडियोको स्तर अपेक्षा गरिएअनुसारकै थियो । प्रतिसेकेन्ड २६७ मेगाबिट्सका दरले डेटा ट्रान्सफर भएको थियो ।

अहिले नासाका वैज्ञानिकहरु पृथ्वीको अक्षबाहिर सञ्चार पूर्वाधार सुधारको प्रयासमा छन् । यो परीक्षण नासाको डिप स्पेस अप्टिकल कम्युनिकेशन परीक्षणको हिस्सा थियो । मानिसहरु मंगल ग्रहसम्म पुग्न सके भने त्यहाँबाट पृथ्वीसम्म ठूलो मात्रामा डेटा ट्रान्सफर गर्नुपर्ने हुन्छ । पछिल्लो परीक्षण त्यस्तो ट्रान्सफर सम्भाव्य बनाउनेतर्फ अर्को कदम भएको बताइएको छ । भिडियोलाई फ्लाइट लेजर ट्रान्सिभर प्रयोग गरेर प्रसारण गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img