spot_img
spot_img
spot_img

लुम्बिनी बौद्व विश्वविद्यालयद्वारा `चेन अफ कस्टडी अफ क्राईम´ नामक कार्यक्रम सम्पन्न

spot_img

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस बुटवलद्धारा आयोजित Chain of custody of crime नामक कार्यक्रम बुधबार सम्पन्न भएको छ। भिन्न ढंगबाट कानूनी सिकाईको दृष्टान्त गर्ने यो नाटकले हत्याको पहिलो चरणदेखि सजायको अन्तिमसम्म हुने सबै कानुनि परिवेश देखाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा ने.क.पा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसिले यो कार्यक्रम निकै अनुकरणीय रहेको बताउनुभयो । यस्तै बुटवल ईलाका प्रहरी कार्यलयका दिनेश बानियाले कार्यक्रम निकै सभ्य र भव्य रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु जिल्ला अध्यक्ष भरत अर्याल ,अनेरास्ववियु केन्द्रीय सदस्य शेषकान्त पोखरेल अनेरास्ववियु केन्द्रीय सदस्य आकांक्षा भण्डारी लगायतले यस्ता कार्यक्रम अनेरास्ववियुले चलाउनुपर्ने र  विद्यार्थीको चौतर्फि विकासका सहयोग पुग्ने खालको हुनुपर्नेमा जोड दिनुभएको थियो ।

अनेरास्ववियु सिटि क्याम्पस का.बा अध्यक्ष सिद्धार्थ कडेलको अध्यक्षतामा भएको कार्यक्रमना भस्मे र चङ्खेको आपराधीक मनसाय र कार्यलाई  मन्जिला ज्ञवालीको  ईजलास, सिमाना थापा क्षेत्री , अमर पाण्डे र अनिसा खड्काको बहस सुनेर भएको सजायले दर्शकमा कानुनी ज्ञानको चित्रण गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img