काठमाडौं ।
साताको अन्तिम दिन आज उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले ओरालो लागेर २१ सय ९ मा आएर थामिएको छ । बिहीबार उत्पादनमूलक र व्यापार बाहेक बाँकी सबै समूह ओरालो लाग्दा सवा ६ अर्बको कारोबार भएको छ ।
विकास बैंक र वित्त समूह सबैभन्दा उच्च ३ प्रतिशत बढीले ओरालो लागे । यसदिन होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त समूहमा पनि २ प्रतिशतले कमी आएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्जमा ३ सय ४ कम्पनीको १ करोड ७१ लाख कित्ता शेयर ६ अर्ब २७ करोडमा खरीदबिक्री भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??