spot_img
spot_img
spot_img

क्यानडामा विदेशी विद्यार्थीलाई राहत, हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने नियम हट्यो

spot_img

एजेन्सी ।

क्यानडामा रहेका विदेशी विद्यार्थीहरूका लागि तोकिएको काम गर्न पाउने समय सीमा हटेको छ । त्यहाँको सङ्घीय सरकारले चालु शैक्षिक सत्रको अन्त्यसम्म लागू हुनेगरी हाल प्रति हप्ता २० घण्टाभन्दा धेरै काम गर्न नपाउने नियम अस्थायी रूपमा हटाएको हो।

सरकारले साप्ताहिक रूपमा काम गर्ने समयमा लगाएको सीमा डिसेम्बर ३१ मा सकिँदैंछ । सन् २०२२ को नोभेम्बरमा परीक्षण परियोजनाको रूपमा यो नीति लागू भएको थियो । श्रम बजारमा कर्मचारी अभाव चुलिँदै गएपछि सरकारले यस्तो कदम चालेको हो ।
क्यानडाका अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री मार्क मिलरले नयाँ नीति सन् २०२४ को अप्रिल ३० सम्म लागू हुने बताएका छन् । सङ्घीय सरकारले विदेशी विद्यार्थीका लागि अन्य नीतिगत विकल्पहरू समेत हेरिरहेको बताइएको छ । यसमा क्याम्पस छुट्टी हुँदा हप्तामा ३० घण्टासम्म काम गर्न पाउनेलगायत उपायहरू छन् ।
विद्यार्थीले हप्तामा ४० घण्टा काम गर्नुलाई भने समर्थन गर्न नसकिने मन्त्री मिलरको भनाई थियो । काम गर्ने समयमा लगाएको सीमालाई अस्थायी रूपमा हटाउने निर्णयलाई स्थायी बनाउन क्यानडाको विद्यार्थी सङ्गठनहरूको गठबन्धनले सरकारसँग अनुरोध गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img