spot_img
spot_img
spot_img

हरैया बहुमुखी क्याम्पसमा अभिभावकहरुको भेला सम्पन्न

spot_img

रुपन्देहीको कञ्चन गाउँपालिका – ०३ मा अवस्थित हरैया बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको भेला सम्पन्न भएको छ । `Public relation and information management cell´ का संयोजक दीपक भुसालको अध्यक्षता कार्यक्रम संचालन भएको हो ।

अभिभावकका तर्फबाट टेकनारायण पौडेल , चुडामणि सुवेदी , फटिक पौडेल, देवी केसी लगायतले आफ्ना धारणा राख्दै महत्त्वपूर्ण सुझाव दिनुभएको थियोे भने क्याम्पस प्रमुख प्रकाश खनालले अभिभावकका गुनासाहरुको सम्बोधन गर्दै उपस्थित अभिभावकलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

क्याम्पस प्रमुख प्रकाश खनालको प्रमुख आतिथ्यता , व्यवस्थापन सङ्काय प्रमुख मदन सुवेदीको स्वागत तथा लेखापाल कपिलमणि पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा झण्डै ८० जनाभन्दा बढी अभिभावकको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img