एजेन्सी ।
केन्द्र सरकारको खेलकुद मन्त्रालयले नवनिर्वाचित भारतीय कुस्ती संघलाई निलम्बन गरेको घोषणा गरेको छ । समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार यो निलम्बन अर्को आदेश नभएसम्म लागू हुनेछ।
समाचार एजेन्सी एएनआईले लेखेको छ, ‘नवनिर्वाचित अध्यक्ष सञ्जय सिंहले गोन्डाको नन्दिनी नगरमा अन्डर–१५ र यू–१८ ट्रायल आयोजना गर्ने घोषणा गरेपछि केन्द्रीय खेलकुद मन्त्रालयले कुस्ती महासंघको नवनिर्वाचित कार्यकारिणीलाई निलम्बन गरेको छ।’
सरकारको यो निर्णयपछि दुई दिनअघि सरकारलाई आफ्नो पद्मश्री पुरस्कार फिर्ता गर्ने बजरंग पुनियाले खुसी व्यक्त गरेका छन् । एक च्यानलसँगको कुराकानीमा उनले यस निर्णयमा भने, ‘जुन पनि निर्णय भएको छ, यो एकदम सही निर्णय हो । हाम्रा दिदीबहिनी र छोरीहरूमाथि अत्याचार गर्नेहरूलाई महासंघबाट हटाउनुपर्छ।’