spot_img
spot_img
spot_img

बिआईसिटी एशोसियसनको चौथो अधिवेशनबाट बद्री पोख्रेल निर्विरोध निर्वाचित

spot_img

बुटवल ।

बुटवल बहुमुखी क्याम्पसका बिआई.सि.टी. अध्ययनरत विद्यार्थीहरूको गैर नाफामूलक गैरराजनीतिक संस्था बिआईसिटी एशोसियसनको चौथो अधिवेशनबाट बद्री पोख्रेल निर्विरोध निर्वाचित भएका छन् ।

क्याम्पसमा बिआइसिटी अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्थाको रुपमा रुपमा विद्यार्थी र क्याम्पसको हितमा काम गर्ने उद्देश्यले स्थापना भएको आई.सि.टि एशोसिएसनको आज चौथो अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनबाट उपाध्यक्षमा रोशन चापागाईं र मदन न्यौपाने, सचिवमा अनिश पोखरेल, सह सचिवमा बिन्दु राना र कोषाध्यक्षमा जित बहादुर एम.सी निर्विरोध चयन भएका छन्। त्यस्तै एशोसिएसनको सदस्यमा नविन दर्लामी मगर, मनिषा गिरी, माहि घिमिरे, लिला थापा मगर, अंकित क्षेत्री र मनिषा पाण्डे चयन भएको एसोसियसनका सचिव सुरज भट्टराईले जानकारी दिनुभयो । त्यस्तै सल्लाहकार समितीमा बिसाल पौडेल, सुरज भट्टराई र हरिहर मनोनीत भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा.खिमानन्द न्यौपानेले विद्यार्थीहरु अनुशासित, लगनशील र धैर्यवान हुनु पर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका डा.न्यौपानेले अनुशासित, लगनशिल विद्यार्थी मात्रपछि गएर सफल हुने उहाले बताउभयो । उहाले प्राविधिक विषय पढेर दक्षता हासिल गरे सजिलै रोजगारको अवसर पाईने बताउनुभयो ।

कार्यक्रममा शिक्षकको तर्फबाट बिआईसिटि कोडिनेटर मेघराज आचार्य, देव राना, स्ववियु उपाध्यक्ष राजिव पोखरेल लगाएतले बोल्दै आइ.सि.टि. कोर्स बिश्वब्यापी रूपमा चाहिने र यसको भविष्य राम्रो रहेको उल्लेख गर्नुभएको थियो ।

कार्यक्रम बिसाल पौडेलको अध्यक्षता, अनिता पौडेलको स्वागत तथा अनिश पोखरेल र सुरज भट्टराईको सञ्चालनमा बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
7
माया
4
खुसी
2
हासो
0
अचम्मित
2
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img