रुपन्देही ।
सहिद दुर्गा तिवारी स्मृति चौथो सि लेबल ब्याडमिन्टन प्रतियोगितामा खैरेनीका आशिष दिप गुरुङ र सुवास खातीको जोडी च्याम्पियन भएको छ । जन जागरण युवा क्लब देवदह ४ सिगाँहाको आयोजनामा उक्त व्याडमिन्टन प्रतियोगिता भएको हो।
सिगाँहा ब्याडमिन्टन कोर्टमा भएको फाइनल खेलमा आयोजक टोलीका महेन्द्र थापा मगर र विकास थापाको जोडीलाई पराजित गर्दै सो जोडीले प्रतियोगिताको उपाधि जितेको हो। त्यस्तै खैरेनीका दिनेश पराजुली र अर्जुन थापाको जोडी र असनैयाका अतित सुनार र रगु गुरुङको जोडि तेश्रो भएका थिए। उक्त प्रतियोगितामा २५ टिम सहभागीता रहेको खेल संयोजक विकास थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद रु १५ हजार, कप, मेडल र प्रमाणपत्र दोस्रो हुनेले नगद रु ८ हजार, कप, मेडल र प्रमाणपत्र, तेस्रो हुने २ समुहले नगद रु ५ /५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।