spot_img
spot_img
spot_img

कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत ठगी आरोपमा पक्राउ

spot_img

काठमाडौं ।

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली ठगी आरोपमा पक्राउ परेका छन् । पोखरामा सहकारी कार्यालयको रजिष्ट्रार हुँदा मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्ने विषयमा अनियमितता गरेको आरोपमा उनलाई बुधबार दिउँसो कार्यालयबाटै पक्राउ गरेको प्रहरीले जनाएको हो।

सहकारीको कार्यक्षेत्र विस्तारको अनुमति दिँदा एक करोड रुपैयाँ घुस लिएको आरोप उनीमाथि लागेको छ ।कास्की प्रहरीको अनुरोधमा पराजुलीलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

 

 

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img