spot_img
spot_img
spot_img

उत्तरी भारत शीत लहरको चपेटामा

spot_img

एजेन्सी ।

उत्तर भारतीय क्षेत्रमा चिसो बढ्दै गएको भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले शनिबार जनाएको छ । विभागले पञ्जाबको अधिकांश भागहरूमा ७–१०डिग्री सेल्सियसको दायरामा न्यूनतम तापमान रेकर्ड गरेको छ ।

राष्ट्रिय मौसम पूर्वानुमान एजेन्सीका अनुसार शनिबार बिहान दिल्ली, राजस्थान र मध्ये प्रदेशका लगायतका क्षेत्रको तापक्रम ७–१० डिग्री सेल्सियसको बीचमा रहेको बताएको छ । कडा चिसोले उत्तर भारतको विशाल भागलाई चपेटामा परेको छ । बाक्लो कुहिरोले शहरहरू ढाकेको छ ।

स्थानीयहरू न्यानोको लागि आगोको वरिपरि झुम्मिरहेको दृश्य देखिन्छ । उत्तर प्रदेशको प्रयागराज, जयपुर, राजधानी लगायतका शहरहरू शनिबार बिहान सित लहरसँगै बाक्लो कुहिरो लागेको थियो ।

मौसम विभागले डिसेम्बर ३० देखि जनवरी दुई सम्म जम्मू–कश्मीर–गिलगिट–बाल्टिस्तान– हिमाचल प्रदेश, उत्तराखण्डमा अधिक कुहिरो लाग्ने  सम्भावना उल्लेख गरेको छ ।

बाक्लो कुहिरोका कारण यात्रुहरूले पनि कठिनाइको सामना गर्नु परेको छ । धेरै उडान तथा रेलहरू कम  दृश्यताका  कारण ढिलो र परिवर्तन भएका छन् । स्रोतका अनुसार शनिबार बिहान ८ः३० बजेसम्म दिल्लीको आईजीआई एयरपोर्टमा मौसमको अवस्थाका कारण करिब ८० उडानहरू ढिलाइ भएको बताइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img