बुटवल ।
नेपाल मगर संघ देवदह नगर समितिको चौथो नगर अधिवेशन सम्पन्न भएको छ । संघको चौथो नगर अधिवेशनबाट मनबहादुर रानाको अध्यक्षतामा नया समिति चयन भएको छ । जसको उपाध्यक्षमा किशनबहादुर थापा, सचिवमा मिलन मास्की राना, कोषाध्यक्षमा बुद्धिमाया राना, सहसचिवमा चोलीमाया राना चयन हुनु भएको छ ।
यसैगरी सदस्यहरुमा कुलबहादुर आले, गोकुल बुर्जामगर, केशवराज राना, गिरीप्रसाद थापा, देवबहादुर सारु, विष्णु बराल, खडकबहादुर पुन, गंगाबहादुर थापा, धनबहादुर बलाल, कुमारी पल्ली, निषा थापा, रुमीसरा राना, भुवन खासु, लोकमाया राना रहनु भएको छ । अधिवेशनले कृष्ण थापाको संयोजकत्वमा लेखा समिति चयन गरेको छ । जसको सदस्यहरुमा फागुकुमारी सारु, ताराबहादुर थापा रहनु भएको निर्वाचन मण्डलका संयोजक जसबहादुर पुनले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल मगर संघका केन्द्रिय सहअध्यक्ष दलबहादुर विरकट्टाले अधिकार प्राप्तीको लागि सम्पूर्ण मगरहरु एकतावद्ध भएर लाग्नुको कुनै विकल्प नभएको बताउनु भयो । उहाले मगर भाषालाई कानुनी मान्यता दिनको लागि सरकारी कामकाजको भाषाको रुपमा लैजान आवश्यक रहेकोमा जोड दिनुभयो।
नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगर समिति सदस्य किशनबहादुर थापाको स्वागत र सचिव मनबहादुर रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।