बुटवल ।
देवदह नगरपालिका -८ मा अवस्थित श्री जनता माध्यमिक विद्यालयले आफ्नो ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। शनिबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डेको अध्यक्षता तथा देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको समुद्घाटन गर्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिका लागिपरेको बताउनुभयो। नगरपालिकाले विद्यालयको प्राङ्गणमानै पुगेर शैक्षिक गतिविधिको अनुगमन र सुझाव लिने काम पनि गरिरहेको बताउँदै नगरप्रमुख खरेलले नगरको शैक्षिक स्तर उकास्नका लागि सबै मिलेर हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।
विद्यालयका सहायक प्र.अ विद्या पौडेलको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद अर्यालले विद्यालयको बार्षिक प्रदिवेदन प्रस्तुत गर्दै विद्यालयले विद्यार्थी संख्यामा भन्दा शैक्षिक गुणस्तरमा जोड दिएको बताउदै विद्यालय लाई यहाँ सम्म लेराउन लागि पर्ने सम्पुर्ण शिक्षक कर्मचारी लाई विशेष धन्यवाद दिनुभयो।