एजेन्सी ।
न्युजिल्याण्डमा नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । स्थानीय समयअनुसार न्युजिल्यान्डमा सन् २०२४ शुरु भएको हो । न्युजिल्यान्डका बासिन्दाले अहिले नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिरहेका बीबीसीले जनाएको छ ।
नयाँ वर्ष मनाउने विश्वको पहिलो प्रमुख सहर अकल्यान्डकाे स्काई टावरमा विशेष कार्यक्रम भएको छ। टावरमा १० सेकेन्डकाे गन्तीपछि चम्किलो आतसबाजी प्रदर्शन भएको छ ।
न्युजिल्यान्डसँगै अब विभिन्न देशहरूले आफ्नो स्थानीय समयअनुसार नयाँ वर्षलाई स्वागत गर्दै जानेछन् । सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन गरिएको छ । त्यसैले विभिन्न समय क्षेत्रका आधारमा विभिन्न देशहरूमा नयाँ वर्ष मनाइन्छ ।
प्रशान्त महासागरमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव शुरु हुन्छ । अहिले सबैजसो देशहरूमा नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको उपस्थिति बढेको छ ।