spot_img
spot_img
spot_img

जीतगढी किल्लाको प्रतिक बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

spot_img

बुटवल ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुटवलको जीतगढी किल्ला राष्ट्रिय स्वाभिमान र पहिचानको प्रतिक भएको बताउनुभएको छ। जीतगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्नका लागि शुक्रबार नेपाली सेनाले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो ।

नेपालीको विरताको गांथा जोगाउने लडाईमा प्रयोग भएको जीतगढी किल्लाले नेपालीको शीर उचो राखेको उहाँको भनाई थियो । जीतगढी किल्लालाई युद्वकलाको झल्को दिनेगरी विकास गर्नुपर्ने बताउंदै जीतगढीको निर्णायक लडाईले नेपाल रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।
नेपाली सेनाले संविधान अनुसार काम गरेको उल्लेख गर्दै नेपाली सेनाले जहां काम गरेपनि नेपाली जनतामा लोकप्रीय बनेको भन्दै प्रशंसा गर्नुभयो । नेपाली सेनाले स्वतन्त्रता, सार्वभौमिकता, स्वाधिनता र राष्ट्रियताको रक्षा गर्दै आएको बताउनुभयो ।

नेपाली सेनाले जीतगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्त्रण गरेको छ। सोही कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले जीतगढी किल्लाको प्रतिक बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेलाई हस्तान्तरण गर्नुभएको थियो । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले धन्यबाद ज्ञापन गर्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img