सर्लाही ।
सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ३ सदस्यीय समिति बनाएको छ। शनिबार मन्त्रालयका प्रबक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभएको हो ।
मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएको गृह मन्त्रालयले जानकारी गराएको छ । गठित समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य रहेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??