spot_img
spot_img
spot_img

देवदह व्यापार संघको नवौं वार्षिक साधारण सभा सम्पन्न

spot_img

रुपन्देही ।

रुपन्देहिमा रहेको देवदह व्यापार संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रम संघका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता र रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले देश विकासको लागि सबै दल मिलेर अगाडि बढ्नु पर्ने बताउनुभयो। उहाले एकले अर्कोलाई स्वीकार गर्न आवश्यक रहेको बताउदै सहकार्य र समन्वयबाट गरिने कामले सवैलाई फाईदा पुग्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका केन्द्रिय सचिव समेत रहनुभएको विश्वर्माले पछिल्लो समय समाजमा अराजकता बढिरहेको बताउदै अराजकलाई रोक्नको लागि सवै लाग्नु पर्नेमा जोड दिनुभयो । उहाले नीति निर्माण प्रकृयामा सवै तहका नागरिकको सहभागिता हुनु पर्छ भनेर संविधानमा समानुपातिक व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा संघका अध्यक्ष गुरुङ्गले बार्षिक प्रतिवेदन, महासचिव हरिलाल भण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रमेश खरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संघलाई सहयोग गर्ने, पुर्व सदस्य र दुई जना व्यवसायीलाई सम्मान गरिएको थियो । संघका बरिष्ठ उपाध्यक्ष माधव ढकालको स्वागत र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img