देवदह ।
रुपन्देहीको देवदहमा जारी रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० मा आयोजक टिम रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले विजयी सुरुवात गरेको छ। सोमबार भएको पहिलो खेलमा रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहले मार्टिन म्युजिक लाई ९१ रनले पराजित गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको आयोजक टिमले निर्धारित १६ ओभर खेल्दै ९ विकेटको क्षतिमा १२० रनको टार्गेट दिएको थियो। टिमका लागि कृष्ण पासीले २५ रन, नरेश श्रीसले २४ रन र प्रकाश भण्डारीले २२ रन जोडेका थिए। बलिङ तर्फ मार्टिन म्युजिकका श्रीधर चुडालीले ४ विकेट, सुशील रिजाल, सरोज खड्का र सुशील भुषालले ३-३ विकेट लिए भने अरपन पौडेलले २ र युवराजले १ विकेट लिन सफल भएका थिए।
१२० रनको लक्ष्य पाएको मार्टिन म्युजिकका कुनै खेलाडीले दाहोरो अंक जोड्न सकेनन्। मार्टिन म्युजिक ९.४ ओभरमा २८ रन ल्याउदै अल आउट हुन पुग्यो। टिमका लागि युवराज चुडालीले ६ रन, श्रीधर चुडालीले ५ र अजय रिजालले ४ रन जोडेका थिए भने बलिङतर्फ आयोजक टिमका नरेश श्रीसले ४ विकेट, आशिष पाण्डेले ३ विकेट , राम चालिसे र कमल जैसीले १-१ विकेट लिएका थिए। खेलको म्यान अफ दि म्याच नरेश श्रीस घोषित भएका थिए।