काठमाण्डौ ।
हप्ताको दोस्रो दिन शेयर बजार आज सोमबार ३६ अंकले बढेको छ । बजार परिसूचक ३६ अंकले बढेपछि नेप्से २ हजार ५९ बिन्दुमा पुगेको छ ।
कारोबार रकम भने हिजोको तुलनामा केही घटेको छ । सामूहिक लगानी कोष बाहेक अरु सबै समूहमा आज हरियाली छाएको छ भने जीवन बिमा समूहमा सबैभन्दा बढी ३ प्रतिशत बढीको वृद्धि भएको हो ।
एक दर्जन बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोवार हुँदा सोनापूर सिमेन्ट र माउन्टेन इनर्जिको सर्वाधिक कारोबार भएको छ । यसदिन ३ सय ९ कम्पनीको १ करोड ३७ लाख कित्ता शेयर ४ अर्ब ६७ करोड बराबरमा किनबेच भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??