काठमाण्डौ ।
क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ । बलात्कार मुद्दामा जेल सजाय सुनाइएका लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको क्यानले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै बुधबार ८ वर्षको जेल सजाय तोकेपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेले २०७९ भाद्र ५ गते एक युवतीलाई बलात्कार गरेको भन्दै उनी विरुद्ध २०७९ भाद्र २१ गते उजुरी परेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??