काठमाण्डौ ।
आफूलाई तपस्वी बताउने रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतले आदेश दिएको छ । अनुयायी बेपत्ता, हत्या र यौन हिंसाका अभियोगमा पक्राउ परेका बम्जनविरुद्ध उजुरी रहेको सर्लाही जिल्ला अदालतमा पेस गरिएकोमा आज बिहीबार भएको सुनुवाईपछि उनलाई थुनामा पठाउन आदेश दिईएको हो ।
जिल्ला अदालतका न्यायाधीश विष्णु रेग्मीको ईजलासमा भएको थुनछेक बहसपछि थुनामा पठाउने आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??