रुपन्देही ।
भैरहवामा नेपाल-भारत सुरक्षा अधिकारीको बैठक सम्पन्न भएकाे छ । रुपन्देहीकाे भैरहवामा बिहीबार भएको नेपाल-भारतका सुरक्षा अधिकारीको संयुक्त बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने र सबै प्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय गरेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाल-भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा लागुऔषध, हतियार, सीमा सडक, मानव तस्करी, सीमावर्ती दशगजा क्षेत्रमा सञ्चालित साप्ताहिक हाटबजारका कारण नेपालको राजस्व तथा व्यापारमा परेको नकारात्मक प्रभाव र हाटबजारमा भीडभाड भएको मौका छोपेर गलत क्रियाकलाप हुने सम्भावना आपराधिक गतिवधिलाई बढावा पुग्ने सम्भावना देखिएकाले त्यसलाई हटाइदिन आग्रह गरिएको बताए ।
उनले सीमा क्षेत्रमा हुने हतियार तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखन जस्ता आपराधिक गतिविधि नियन्त्रण गर्न सबै प्रकारका कानुन परिपालन गराउने र सूचना आदानप्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??