spot_img
spot_img
spot_img

नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता दैनिक ४ घण्टा बन्द हुने

spot_img

चितवन ।

गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।

तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने भएको हो ।

तर माघ १ गते माघे सन्क्रान्तीको दिन भने दिनभर नै सडक खुला रहने आयोजनाले जनाएको छ । माघे संक्रान्ति पर्वको अवसरमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधा तथा चाडपर्व पनि भएकाले सो दिन सडक बन्द नहुने आयोजनाले सूचना निकालेर जनाएको छ । सो दिन निर्वाध रुपमा नारायणगढतर्फ आउन र जान सकिने आयोजनाको भनाइ छ ।

पुस २८ गतेदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।

पछिल्लो तीन हप्तामा सडक बन्द गरेर ३५ मिटर अग्लो पहाडलाई १५ मिटर काटेर २० मिटरमा झारिएको आयोजनाले जनाएको छ । बाँकी २० मिटर थपिएको ३ हप्ता भित्र काट्ने योजना छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img