spot_img
spot_img
spot_img

तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा माघे संक्रान्ति मेला सुरु

spot_img

रिडी ।

माघे संक्रान्तिको अवसरमा तीन जिल्लाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा आजदेखि माघे संक्रान्ति मेला सुरु भएको छ । रुरु क्षेत्रधाम रिडीमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा माघी मेला लाग्ने गर्दछ । यो बर्ष पनि आजदेखी ५ दिनसम्म मेला लाग्ने आयोजकले जनाएको छ ।

मेलामा पाल्पासहित गुल्मी, अर्घाखाँची, स्याङ्गजा, रुकुम, मनाङ र मुस्ताङ जिल्लामा उत्पादित स्थानीय हस्तकलाका सामाग्रीहरु डोको, भकारी, सुपो, राडिपाखी, कम्मलसहित खुदो, गूड, ओखर, घाँजी लगायतका बहुगुणी वस्तुहरु बिक्रीका लागि रिडी बजारमा ल्याउने गरिएको छ । जेठी, माइली, र कान्छी संक्रान्तिका रुपमा मनाइने धार्मिक मेलामा लाखौं श्रदालु भक्तजन रिडीमा पुग्ने गर्दछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img