काठमाण्डौ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । माघ ११ गते हुने निर्वाचनमा निष्पक्षता र पारदर्शिता कायम गर्न निर्वाचन आयोगले आज मंगलबारदेखि आचारसंहिता लागू गरेको हो ।
निर्वाचन आयोगका अनुसार मंगलबारदेखि माघ १२ गतेसम्म आचारसंहिता लागू हुने र आचारसंहिताको दफा १ अनुसार सबै व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ । आचारसंहिताको नियम अनुसार अब कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन, निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न वा कुनै किसिमले थपघट गर्न वा गराउन पाइँदैन ।