spot_img
spot_img
spot_img

आज राष्ट्रिय भुकम्प सुरक्षा दिवस: बिविध कार्यक्रम गरि मनाईदै

spot_img

काठमाण्डाै ।

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस, बिविध कार्यक्रम गरि मनाईदैछ । हरेक वर्ष माघ २ गते १९९० सालको विनाशकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाउदै आईएको छ।

‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ आज २६ औँ भूकम्प सुरक्षा दिवस मनाउन लागिएको हो । भूकम्पले क्षति पुर्याएका संरचनाको पुनःनिर्माण र भूकम्पको जोखिम न्यूनीकरणका लागि दिवसको अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन् ।

काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भूकम्पीय जोखिम न्यूनीकरण र सुरक्षित आवास निर्माणबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सरकारले हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img