spot_img
spot_img
spot_img

बिहान त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जीप फेला

spot_img

काठमाण्डौ ।

आज बिहान त्रिशूली नदीमा खसेकाे जीप गोताखोरको टिमले फेला परेकाे छ।  नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ काे तीन नम्बर पुलबाट आज बिहान बी आर ०९ जी सी १४३९ नम्बरको जीप त्रिशूली नदीमा खसेकाे थियाे ।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले त्रिशूली नदीमा जीप खसेको सूचना पाएपछि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय  कुरिनटारबाट प्रहरी निरीक्षकको नेतृत्वमा गोताखोरसहितको टोली परिचालन गरिएकाे र उक्त टोलीले जीप पानीभित्र भेट्टाएको प्रहरीले जनाएको छ ।जीपमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान चलिरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img