spot_img
spot_img
spot_img

जनवरी १ को भूकम्पले जापानमा १३ फिट माथि उठ्यो जमिन

spot_img

एजेन्सी ।

नयाँ वर्षको पहिलो दिनमा गएको शक्तिशाली भूकम्पका कारण जापानमा कयौँ स्थानमा जमिन उठेको छ । केही स्थानमा जमिन १३ फिटसम्म उठेको पाइएको छ । यो सबै जनवरी १ मा मध्य जापानको इशिकावा प्रिफेक्चरको नोटो प्रायद्विपमा साढे ७ तीव्रताको भूकम्पका कारण भएको हो ।

भूकम्पयता पहिलो पटक उक्त विपद्को ड्रोन फुटेज बाहिर आएको छ । यसमा उठेको जमिनको हिस्सा स्पष्टैसँग देख्न सकिन्छ । कयौँ द्विप समुद्रबाट माथि उठेका छन् । स्याटलाइट तस्बिरलाई ध्यानले हेर्ने हो भने पहिला जहाँसम्म पानी थियो त्यहाँ पानी सुकेको छ । पानीयुक्त हिस्सा ८२० फिट पछाडि सरेको छ । यो भनेको अमेरिकी मापदन्डको २ ओटा फुटबल मैदानको लम्बाई बराबर हो ।

टोकियो विश्वविद्यालयको भूकम्प अनुसन्धान संस्थाका शोधकर्ताहरुका अनुसार भूकम्पपछि नोटो प्रायद्विपमा काइसोदेखि आकासाकीसम्म दश स्थानमा तटीय जमिन माथि उठेको छ । अर्थात् समुद्रको पानी झन् तल झरेको छ । यस्तो खालको स्थितिलाई कोसिस्मिक कोष्टल अपलिफ्ट भनिन्छ । भूकम्पपछि आकासाकी बन्दरगाहमा १४ फिट लामो सुनामीको लहर आएको थियो । जापानको अन्तरिक्ष एजेन्सीको एउटा सेटलाइटमा पनि कोस्टल अफलिफ्ट देखिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img