spot_img
spot_img
spot_img

नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुने प्रधानमन्त्री प्रचण्डको भनाई

spot_img

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा छिट्टै पर्वतीय देशहरुको सम्मेलन हुने बताउनुभएको छ। प्रधानमन्त्री दाहालले पर्वतीय देशहरुमा जलवायु परिवर्तनले पारेका असरबारे छलफल गर्न सो सम्मेलन आयोजना गर्नका लागि सरकारले गम्भिरताका साथ विचार गरिरहेको बताउनुभएको हो ।

२६ औं भूकम्प सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पर्वतीय देशहरुका लागि संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउन लागेको उल्लेख गर्दै त्यो नेपालका लागि खुशी र गौरवको विषय भएको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले स्थानीय सरकारलाई विपद् जोखिम न्युनिकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधन स्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिवद्ध रहेको समेत बताउनुभयो । उहाँले प्रदेशमा विपद् व्यवस्थापनका लागि छुट्टै संयन्त्र बनाउने कामलाई पनि सरकारले अघि बढाएको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img