spot_img
spot_img
spot_img

दोस्रो दिन पनि १४ विकेट खस्यो : अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिज रक्षात्मक स्थितिमा

spot_img

काठमाण्डौ ।

अस्ट्रेलिया र वेस्ट इन्डिजबिचको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार पनि दुबै टोलीको गरी कुल १४ विकेट खसेको छ । यसअघि पहिलो टेस्टको पहिलो दिन बुधबार पनि १२ विकेट खसेको थियो । दोस्रो दिनको खेल सकिँदासम्म वेस्ट इन्डिजले आफ्नो दोस्रो पालीमा ६ विकेट गुमाएर केवल ७३ रन बनाउन सकेको छ । दोस्रो दिनको खेल सकिँदासम्म क्यारेबियन टोलीले २२.५ ओभर ब्याटिङ गर्न भ्याएको छ । दोस्रो पालीमा पनि वेस्ट इन्डिजका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

वेस्ट इन्डिजका लागि दोस्रो पालीमा किर्क म्याकेन्जीले २६ रन बनाए । जस्टिन ग्रेभस २४ रन बनाउँदै आउट भए । कप्तानसमेत रहेका ओपनर क्राइग ब्राथवेट एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्किए । दोस्रो दिनको खेल सकिँदा वेस्ट इन्डिजका जोसुआ डा सिल्भा १७ रन बनाउँदै क्रिजमा छन् । अस्ट्रेलियाका बलर जोस हेजलउडले चार विकेट लिए । उनले आठ ओभरमा चार मेडन राख्दै केवल १८ रन खर्चिएका थिए । क्यामरुन ग्रिन र नाथन लियोले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि बिहीबार नै अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा दुई सय ८३ रन बनाउँदै अलआउट भएको थियो। अस्ट्रेलियाले दुई विकेटको नोक्सानीमा ५९ रनको स्थितिबाट बिहीबारको खेल अगाडि बढाएको थियो ।

अस्ट्रेलियन टोली आफ्नो पहिलो पालीमा ८१.१ ओभरमा समेटिएको थियो । अस्ट्रेलियाका लागि पाँचौँ नम्बरका ब्याट्सम्यान ट्राभिस हेडले शतक बनाएका थिए ।

हेडले टोलीको खातामा एक सय १९ रन थपे । उनले एक सय ३४ बलको सामना गरी तीन छक्का र १२ चौका हिर्काएका थिए । ओपनर उसमान ख्वाजा ४५ रन बनाउँदै आउट भए । नाथन लियोनले २४ रन जोडेका थिए ।

अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले उल्लेख्य संख्यामा रन बनाउन सकेनन् । क्यारेबियन टोलीका बलर सामर जोसेफले पाँच विकेट लिए । उनले २० ओभरमा दुई मेडन राख्दै ९४ रन खर्चिए । केमर रोच र जस्टिन ग्रेभसले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट अल्जारी जोसेफले लिए ।

त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज आफ्नो पहिलो पालीमा केवल एक सय ८८ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो दिनको खेल सकिँदासम्म अस्ट्रेलियाले खेलमा २२ रनको अग्रता लिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img