spot_img
spot_img
spot_img

रुपन्देही व्यापार संघको अध्यक्षमा अधिकारी निर्वाचित

spot_img

बुटवल। रुपन्देही ब्यापार संघको शुक्रबार सम्पन्न १२ औं अधिवेशनबाट अध्यक्षमा दिपक अधिकारी निर्वाचित हुनुभएको छ । यसअघि संघमा द्धितिय उपाध्यक्ष भई एक कार्यकाल काम गर्नुभएका अधिकारीले संघका बरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतले पराजित गर्नुभएको हो । अधिकारीले कुल खसेको १ हजार ८७ मत मध्ये ५४३ मत पाउँदा भण्डारीले ४६३ मत पाउनुभएको छ ।

निर्वाचनमा अधिकारी र भण्डारीको अलग अलग प्यानल बनेको थियो । संघको अन्य पदाधिकारी र सदस्यहरुमा अधिकारी प्यानलको ब्रचश्व आएको छ।

संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधी भण्डारी बिजयी हुनुभएको छ । भण्डारीले ५३५ मत पाएर बिजयी हुदा वहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाउनुभएको छ ।

त्यसैगरी द्धितिय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी हुँदा वहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत ल्याउनुभएको छ । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनालले ५४४ मत पाउँदा भण्डारी प्यानलका झविन्द्रप्रसाद अधिकारीले ४५२ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी सचिवमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुदा वहाँका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गर्नुभयो सहसचिवमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मत सहित बिजयी हुनुभयो भने वहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत ल्याउनुभयो । सहकोषाध्यक्ष पदमा ५१९ मत सहित अधिकारीको प्यानलका अर्जुनप्रसाद भटराई बिजयी हुदा भण्डारीको प्यानलका बिनित भटराईले ४८५ मत प्राप्त गर्नुभएको छ ।

संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यस अघि नै निर्विरोध निर्वाचित भई सक्नुभएको छ ।

संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य ईश्वरा देवकोटा,अशोक ज्ञवाली, गकुल ज्ञवाली,गोबिन्द प्रसाद चापागाई,घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल, शोभाकुमारी जोशी क्षेत्री, नलराज नेपाल, माधवप्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ बिजयी हुनुभएको छ ।

रुपन्देही ब्यापार संघको २९ सदस्यीय कार्यसमितिमा दुई पदाधिकारी र ४ सदस्य यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने ७ जना पदाधिकारीमा भएको निर्वाचनमा अधिकारी प्यानलबाट ४ जना र भण्डारी प्यानलबाट ३ जना निर्वाचित हुनुभएको छ । त्यस्तै १६ सदस्यमा अधिकारी प्यानलबाट १४ जना र भण्डारी प्यानलबाट २ जना निर्वाचित हुनुभएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img