काठमाडौं ।
काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक-सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि पहल भईरहेको छ ।
२०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भएपनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन, तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतिलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तिब्र तयारी गरिएसङगै अन्तिम चरणमा पुगेको हो ।
पनौति नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौति क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भएपनि अहिलेसम्म सफल नभएको बताउनुभयो ।
पनौतिलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतिलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो ।