spot_img
spot_img
spot_img

देवदहका नगरबासीले अब निःशुल्क रगत पाउने

spot_img

रुपन्देही । नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन आज देवदह नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी रुपन्देहीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र सँग सम्झौता गरेको छ । स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत निःशुल्क उपलब्ध गराउने र सो वापतको रकम नगरपालिकाले व्यहोर्ने गरि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा देवदह नगरपालिकाको तर्फबाट नगर प्रमुख ध्रुव प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र नेपाल रेडक्रस सोसाइटीको तर्फबाट रुपन्देही शाखा सभापति दिपक क्षेत्री न्यौपाने, उपसभापति मित्रलाल न्यौपाने र रक्त सञ्चार सेवा केन्द्र बुटवलका इन्चार्ज राधा ज्ञवालीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्रमा सेवा लिनका लागि नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नु, आपातकालिन अवस्थामा देवदह नगरपालिकाले सिफारिस गरेको आधारमा रगत उपलब्ध गराउने उल्लेख गरिएको छ। साथै हरेक वडाहरुमा पालो मिलाई कम्तीमा वर्षको १ वटा रक्त संकलन शिविर दोश्रो पक्षको प्राविधिक सहयोगमा आयोजना गर्ने र एक आर्थिक वर्षमा १ जनालाई बढीमा १५ पिन्टसम्म रगत उपलब्ध गराउने निर्णय गरिएको छ।

सम्झौतापछि बोल्दै नगर प्रमुख खरेलले नगरबासीलाई आवश्यक पर्दा सरल, सहज र निशुल्क रगत उपलब्ध गराउन यस सम्झौताले सहजीकरण हुने बताउनुभयो । उहाले विगतका दिनमा पनि नगरपालिकाले निशुल्क रुपमा रगत उपलब्ध गराएपनि अहिले त्यसलाई व्यवस्थित गर्ने गरी सम्झौता गरेको बताउनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी देवदह उपशाखाका सभापति कृष्ण प्रसाद न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img