काठमाण्डौ ।
शहर बजारमा बालबालिकालाई लक्षित गरेर बिक्री भइरहेको ‘कटन क्यान्डी’ मा अखाद्य रङ्ग प्रयोग गरिएको भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला जाँचबाट ‘कटन क्यान्डी’ मा मानव स्वास्थ्यमा अवसर गर्ने अखाद्य रङ्ग प्रयोग गरेको पुष्टि भएपछि विभागले एक सुचना जारी गर्दै यसको उपभोग नगर्न आग्रह गरेको छ ।
विभागले अनुज्ञापत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुलारूपमा बिक्री/वितरण गरिएको ‘कटन क्यान्डी’ काे उपभोग नगर्न तथा नगराउन अनुरोध समेत अनुरोध गरेको हो । देशका विभिन्न ठाउँहरूका सडकपेटी, बजार, मेला लगायतमा यस्ता ‘कटन क्यान्डी’ बिक्री भइरहेका छन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??