spot_img
spot_img
spot_img

भारतको अयोध्यामा भगवान रामको दर्शन गर्नेको भीड

spot_img

एजेन्सी ।

भारतको अयोध्यामा राममन्दिरमा रामको दर्शन गर्ने क्रममा भीडमा च्यापिएर एक सय भन्दा बढी घाइते भएका छन् । रामको मूर्तिको प्राणप्रतिष्ठा गरेपछि राममन्दिरको सबै द्वार खुला भएसँगै लाखौं भक्तजनहरुको भीड लागेको छ ।

मंगलबार पहिलो दिन लाखौं भक्तजनहरु रामको दर्शन र पूजाका लागि पुग्दा भीडमा च्यापिएर केही घाइते भएका हुन् । बिहानको पूजाका लागि सर्वसाधारण रातभर लाइनमा बसेकाहरुको भीड नियन्त्रण गर्न हजारौं प्रहरी परिचालन गरिएको छ ।

सुरक्षा घेरा तोडेर मन्दिर प्रवेश गरेपछि भीड थेग्न नसकेर केही बेर दर्शनमा समेत रोक लगाउनु परेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रामको मूर्तिको प्राणप्रतिष्ठापछि ३ लाख भक्तजनले रामको दर्शन गरेको अनुमान गरिएको छ भने लाखौं दर्शनको प्रतीक्षामा रहेको बताइएको छ ।

भीड नियन्त्रणका लागि अयोध्यामा बस र रेलवे सेवा समेत बन्द गरिएका छन् । भारतको अयोध्यामा निर्मित राममन्दिरमा सोमबार भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img