काठमाण्डाै ।
तराईमा चलिरहेको शीतलहर र बाक्लो हुस्सु अझै केही दिन नहट्ने भएको छ । तीव्र गतिको हावा नचलेको र पानी नपरेकोले राति लागेको हुस्सु दिनभरि पनि नहटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही दिन, केही ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??