प्युठानका स्थानिय तहमा बालविवाह न्युनिकरणको अभ्यास
काठमाण्डौ ।
बालविवाह रोक्न प्युठानका स्थानीय सरकार अघि सरेका छन् । गाउँघरमा बालविवाहका घटना वढ्न थालेपछी त्यस्लाई न्युनिकरण गर्नका लागि स्थानीय सरकार सक्रीय भएका हुन् ।
जिल्लाका विभिन्न स्थानीय तहले गाउँ गाउँमा सचेतना बढाउने देखि यसबारे जानकारी दिने व्याक्तिलाई नगद पुरुस्कार सम्मको व्यवस्था गरेका छन् । ऐरावती गाउपालिकाले वालविबाह भएको वा हुन लागेको सुचना दिने व्याक्तीलाई २५ हजार रुपियाँ नगद पुरुस्कार दिने भएको छ भने, नौबहिनी र माण्डवि गाउपालिकाले सडक नाटक संचालन गरेका छन् ।
बालविवाह रोकथाम र न्युनिकरण गर्न गाउंपालिकाले नगद पुरुस्कारको ब्यबस्था गरिएको अध्यक्ष नविलविक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सानै उमेरमा हुने विवाहमा कमि ल्याउन हामीले पुरुस्कार दिने भनेका छौँ, बालविवाह कम गर्ने रणिनीति छ कार्यान्यवन गर्छौ ।’
नौबहिनीका अध्यक्ष दिल बहादुर थापाले अझैपनि लुकिछिपी बालविवाह भईरहेकाले न्युनिकरणका लागि पहिलो चरणमा सवै वडामा सचेतनामुलक कार्यक्रम भईरहेको बताउनुभयो। उहाले चार बर्षभित्र पालिकाभित्रको बालविवाह शुन्यमा झार्ने रणनिती रहेको सुनाउनुभयो।
जिल्लाका अरु स्थानिय तहले बालबिबाह न्युनिकरण गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरेपनी त्यस्को कार्यान्वयनमा भने अग्रसरता देखाएका छैनन्।
जिल्लामा प्रहरीले समेत बालविवाहबाट हुने हानी, कानुनी प्राबधान तथा सजाय बारे नागरिकहरुलाई जानकारी गराउने कार्यक्रमलाई बढवा दिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रमुख कृष्ण रानाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा आफुखुसी बिवाह गर्ने र कतिपय सामाजिक मान्यताका कारण बालविवाह रोक्न चुनौती छ ।प्रहरी निरिक्षक रानाले भन्नुभयो, ‘गुपचुपमै मिलाईने हुँदा बालविवाह सम्वन्धि मुद्धा प्रहरीमा उति आउदैन्न ।’
बालविवाहका घटना बढेपनी प्रहरीमा मुद्धा दर्ता भने कमै हुने गरेका छन् । यो वर्ष दुई वटा बालविवाहका मुद्धा दर्ता भएको प्रहरीले बताएको हो ।