काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले करिब ३ हजारलाई छिट्टै शहीद घोषणा गर्ने बताउनुभएको छ ।शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धका क्रममा सरकारले घोषणा गर्न बाँकि रहेका करिब ३ हजारलाई पनि छिट्टै शहीद घोषणा गर्न लागेको बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले माओवादी जनयुद्धमा बेपक्ता भएकाहरुको पनि योगदानलाई कदर गर्न सरकारले सक्दो पहल गरिरहेको बताउनुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??