spot_img
spot_img
spot_img

मोनालिसाको पेन्टिङमा सुप प्रहार

spot_img

एजेन्सी ।

विश्वचर्चित मोनालिसाको पेन्टिङमा प्रदर्शनकारीले सुप प्रहार गरेका छन् । यद्यपि पेन्टिङलाई बुलेटप्रुफ सिसाभित्र राखिएकाले कुनै क्षति भने हुन पाएन । १६ औँ शताब्दीमा लियोनार्दो दा भिन्चीले बनाएको उक्त पेन्टिङलाई फ्रान्सको लुभ्र सङ्ग्रहालयमा राखिएको छ ।

भिडियोमा ‘स्वस्थ खानेकुरा’ को माग गर्दै दुई प्रदर्शनकारीले विरोध गरिरहेको देखिएको छ । यसअघि पनि तस्बिरलाई क्षति पुर्‍याउने प्रयास भएपछि सन् १९५० देखि नै त्यसलाई सिसाभित्र सुरक्षित राखिएको छ। त्यतिबेला एक व्यक्तिले तस्बिरमा एसिड प्रहार गरेका थिए । सन् २०१९ मा सङ्ग्रहालयले अलि स्पष्ट देखिने बुलेटफ्रुफ सिसा राखेको थियो ।  सन् २०२२ मा पनि एक अभियन्ताले पेन्टिङमा केक प्रहार गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img