काठमाण्डौ ।
काठमाण्डौ उपत्यकाको सूर्यविनायक–रत्नपार्क रुटमा चल्ने द्रूत बसबारे यात्रुलाई जानकारी दिन ‘एक्सप्रेस बस सर्भिस’ एप सञ्चालनमा आएको छ । यातायात व्यवस्था विभागले सञ्चालनमा ल्याएको यो एपमार्फत यात्रुले बसको नम्बर, चालकको नाम, बस रोकिने स्टप, आइपुग्न लाग्ने समय, भाडादरलगायत जानकारी लिन सक्नेेेछन ।
एपमार्फत यात्रुले बस सेवाबारे गुनासो र प्रश्नसमेत राख्न सक्ने विभागले जनाएको छ । सूर्यबिनायक–रत्नपार्क रुटमा अहिले दैनिक ३६ वटा द्रूत बस सञ्चालन हुँदै आएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??