एजेन्सी ।
मध्यपश्चिम अमेरिकाको कान्सास राज्यमा एउटा पार्कबाट अमेरिकाका आइकोनिक बेसबल खेलाडी ज्याकी रबिनसनको मूर्ति चोरी भएको छ । प्रहरीले बताएअनुसार विचिता सहरको म्याकएडम्स पार्कमा राखिएको रबिनसनको काँसको मूर्ति गायब छ ।
चोरले मूर्तिको गोलीगाँठाभन्दा माथिको हिस्सा काटेर ट्रकमा राखेर लगेका थिए । चोरी बिहिबार राती भएको बताइएको छ । मूर्तिबारे जानकारी दिने व्यक्तिलाई प्रहरीले नगद पुरस्कार दिने घोषणा गरेको छ । रबिनसनले ब्रुकलिन डोजर्सबाट खेलेका थिए । मेजर लिग बेसबलमा खेल्ने पहिलो काला खेलाडीको रुपमा उनले इतिहास रचेका थिए ।
चोरी भएको मूर्तिको मूल्य ७५ हजार डलर भएको नगरका अधिकारीहरुले बताएका छन् । मूर्ति चोरबारे बताइदिनेलाई २ हजार ५०० डलर र मूर्तिबारे जानकारी दिनेलाई अतिरिक्त ५ हजार डलर दिने घोषणा वाचिता नगरले गरेको छ ।