spot_img
spot_img
spot_img

छोराछोरीले बेवास्ता गरेपछि ३७ करोड रुपैयाँको सम्पत्ति घरपालुवा जनावरलाई!

spot_img

एजेन्सी ।

चीनमा एक जना वृद्धाले २ करोड युआन (३७ करोड नेपाली रुपैयाँ) बराबरको आफ्नो सम्पत्ति घरपालुवा जनावरलाई दिएकी छिन् । आफूलाई गाह्रो साह्रो पर्दा छोराछोरी कहिले साथमा नभएको अनि वृद्धाको तर्क छ।

केही वर्ष अघि वृद्धाले आफ्नो इच्छापत्र (विल) बनाउँदा सम्पत्ति तीन सन्तानलाई बाँडिदिएकी थिइन् । तर अहिले भने वृद्धाले ईच्छापत्रमा हेरफेर गरेकी छिन् । आफ्ना सन्तानले आफूलाई बेवास्ता गरेको उनको भनाई छ । आफू बिरामी हुँदा छोराछोरी भेट्न नआएको, हेरचाह नगरेको अनि के कस्तो छ भने सोधखोज समेत नगरेको उनी बताउँछिन् । मृत्युपछि आफ्नो सारा सम्पत्ति आफूले घरमा पालेको कुकुर र बिरालाका हेरचाह र स्याहार सुसारका लागि दिने निर्णय महिलाले गरेकी छिन् ।

दुःखको कुरा चिनियाँ कानुनले सम्पत्ति सिधै घरपालुवा जनावरको नाममा गर्न बन्देज लगाएको छ । एक जना वकिलसँग परामर्श गरेर महिलाले आफ्नो सम्पत्तिको रेखदेखकर्ताका रूपमा एक जना भेटनरी डाक्टरलाई नियुक्त गरेकी छिन् । यो खबर चिनियाँ सामाजिक सञ्जालमा भाइरल बनेको छ । धेरैजसो निटिजन्सहरुले महिलाप्रति सहानुभूति व्यक्त गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img