spot_img
spot_img
spot_img

गिनी नौ वर्षपछि अफ्रिका कप अफ नेशन्सको क्वार्टरफाइनलमा

spot_img

एजेन्सी ।

हालसम्म उपाधिको स्वाद चाख्न नसकेको गिनी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । गिनी सोमबार विहान सम्पन्न निकै प्रतिस्पर्धात्मक प्रिक्वार्टरफाइनल खेलमा इक्वेटोरियल गिनीलाई १–० गोलले हराउँदै गिनी क्वार्टरफाइनलमा पुगको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा ९८ औँ मिनेटमा गिनीले निर्णायक गोल गरेको थियो । गिनीका लागि मोहम्मद बायोले गोल गरेका थिए । त्यसअघि दुबै टोलीले एकअर्काको पोष्टमा केही गतिलो प्रहार गरे पनि गोल भने हुन सकेको थिएन ।

खेलका क्रममा इक्वेटोरियल गिनी १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ५५ औँ मिनेटमा इक्वेटोरियल गिनीका मिडफिल्डर फेड्रिको बिकोरो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । पश्चिम अफ्रिकी राष्ट्र गिनी सन् २०१५ पछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।
गिनीले प्रतियोगिताको क्वार्टरफाइनल खेलमा अब कंगोको सामना गर्नेछ । कंगो भने सातपटकको उपाधि विजेता राष्ट्र इजिप्टलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img